Skip to content

हिमालय कृषि कम्पनी पहिलो वर्षमै नाफामा

nabil
global ime

काठमाडौं । कृषिमार्फत मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने उद्देस्यले स्थापना भएको हिमालय नेपाल कृषि कम्पनी लिमिटेडको पहिलो वर्षनै नाफामा गएको छ ।

म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिंगामा कुखुरापालन, माछापालन, तरकारी खेती, बाख्रापालन सुरु गरेको कम्पनीले आर्थिक वर्ष २०८२/०८३मा नाफा आर्जन गर्न सफल भएको हो ।

करिब ३५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हिमालय नेपालले अहिले करिब १४ हजार कुखुरा,८० हजार माछा पालन गरिरहेको छ । करिब दुई लाख लेयर्स, ४० हजार बोइलर पाल्ने लक्ष्यसहित काम सुरु भएको कम्पनीले व्यवसाय सुरु गरेको ७ लाख ३७ हजार ६ सय ८३ रुपैयाँ नाफा कमाएको आर्थिक वर्ष आर्थिक वर्ष २०८२/०८३को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । कम्पनीले माग गरे बमोजिम करिब १२ करोड रुपैयाँ संकलन गरी अहिलेसम्म ६ करोड रुपैयाँ लगानी गरेको कम्पनीले जनाएको छ ।

हिमालय नेपाल कृषि कम्पनीको पहिलो साधारण सभा सम्पन्न भएको छ । सभाले कम्पनीका अध्यक्ष प्रा.डा.चण्डिका पण्डितद्वारा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, कम्पनीका प्रबन्ध सञ्चालक डोलेन्द्र प्रसाद शर्माद्वारा प्रस्तुत रणनीति योजनासहितको प्रतिज्ञा पत्र पारित गरेको छ ।

निर्वाहमुखी कृषिलाई उत्पादनशील, प्रतिस्पर्धी र किसान केन्द्रित प्रणलीमा रूपान्तरण गर्न काम गरिरहेको कम्पनीकी अध्यक्ष प्रा. डा.चण्डिका पण्डितले बताइन् । ‘कृषकको उत्पादन, उत्पादकत्व, आम्दानी र बजारमा पहुँच सुधार ल्याउने कम्पनीको प्रमुख ध्येय हो,’ अध्यक्ष पण्डितले भनिन्, ‘कृषि, पशुपालन, मत्स्यपालन, प्रशोधन तथा कृषि पर्यटनलाई व्यवसायिक प्रणालिमा आवद्ध गर्छौं ।’

लगानीको संरक्षण, सुदपयोग गर्दै पुँजीलाई परिचालन ग री स्थानीय स्तरमा रोजगारी सृजना गर्ने, सीप विकास गर्ने र कृषिमा आधारित उत्पादनमूलक आर्थिक गतिविधि बढाउने पण्डितले बताइन् ।

आर्थिक वर्ष २०८३/८४मा वार्षिक करिब १८ करोड रुपैयाँ बिक्री गर्ने योजनासहित काम भइरहेको हिमालय नेपाल कृषि कम्पनीका प्रबन्ध सञ्चालक डोलेन्द्र प्रसाद शर्माले बताए ।

अहिले दैनिक एक लाख पचास हजारको कृषि तथा पशुजन्य उपज उत्पादन गरेर बिक्री गरिरहेका छौं,’ शर्माले भने, ‘कृषि क्षेत्रलाई व्यावसायिक गर्दै उत्पादन बढाउँदै लैजान्छौं ।’ कृषि क्षेत्रमा अपार सम्भावना हुँदाहुँदै पनि परम्परागत उत्पादन प्रणाली, आधुनिक प्रविधिको सीमित प्रयोग, उत्पादन र बजारबीचको कमजोर सम्बन्ध, प्रशोधन तथा मूल्य अभिवृद्धिको अपर्याप्तता र कृषि उपज सामग्रीमा रहेकोले अपेक्षित उपलब्धि हासिल गर्न चुनौती रहेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima