काठमाडौं । सप्तकोसी नदीमा मोटरबोट पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।
भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा आइतबार सप्तकोसी नदीमा मोटरबोट पल्टिएको हो । मोटरबोटमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी भइरहेको जनाइएको छ ।
उक्त स्थानमा ५ जना गोताखोरसहित ९ जनाको टोली परिचालन गरिएको जनाइएको छ ।












प्रतिक्रिया दिनुहोस्