काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरु हुँदैछ । एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने जनाइएको छ ।
तेस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दुवै सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल आज दिउसो साढे ४ बजेदेखि शुरु हुँदैछ ।
आजको टिकट यसअघि नै सोल्ड आउट भएको छ । स्टेडियममा पुगेर हेर्न टिकट नपाउनेले नेपालमा मोबाइलमा नेटटिभीमा, टेलिभिजनमा हिमालयन स्पोर्ट्समा, नेपाल बाहिर टेलिभिजनमा स्टार स्पोर्ट्समा, भारतमा फ्यानकोडएपमा हेर्न सकिने क्यानले जानकारी दिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने छन् । त्यस्तै, उपविजेताले ८० लाख पाउने छन् भने तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख पाउने छन् ।
यसअघि दोस्रो सिजनमा विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार दिइएको थियो भने उपविजेताले ५१ लाख नगद दिइएको थियो । तेस्रो हुने टिमले २५ लाख र चौथो हुनेले १५ लाख पाएका थिए ।












प्रतिक्रिया दिनुहोस्