Skip to content
Prabhu

कुमारी बैंक र पशुपति रिक्रियसनबीच बोनस प्रदान गर्ने सम्झौता

 

काठमाडौं । कुमारी बैंक र पशुपति रिक्रियसन प्रालि धुम्बराही–काठमाडौंबीच कुमारी बैंकका ग्राहकहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङलगायत इन्डोर र आउटडोर खेलहरु खेल्न कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट ग्राहकहरुले सहज र गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंकले विश्वास लिएको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग एकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal