Skip to content
Prabhu

माइक्रोसफ्टलाई पछि पार्दै विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्यो एनभिडिया

एजेन्सी । अमेरिकाका सेमिकन्डक्टर  चिप बनाउने कम्पनी एनभिडिया विश्वको सबैभन्दा मूल्यवान अर्थात् भ्यालुएबलल कम्पनी बनेको छ । उसले माइक्रोसफ्टलाई पछि पार्दै मंगलबार विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको हो । कम्पनीको शेयर प्रतिकित्ता ३.५१ प्रतिशत अर्थात् ४.६० ले बढेर १३४.५८ डलर पुगेको थियो । जसका कारण कम्पनीको मार्केट क्याप  ३.३४ ट्रिलियन डलर पुगेको छ । साथै माइक्रोसफ्टको शेयर मूल्य प्रतिकित्ता ०.४५ प्रतिशतले घटेर ४४.३४ डलर पुगेको छ मार्केट  क्याप ३.३२ ट्रिलियन डलर कायम भएको छ ।
साथै आइफोन निर्माता कम्पनी एप्पलको मार्केट क्याप ३.२९ ट्रिलियन  डलर छ । मंगलबार एप्पलको शेयर मूल्य प्रतिकित्ता १.१० प्रतिशतले घटेर २१४.२९ डलर कायम भएको छ । सबैभन्दा भ्यालूएबल कम्पनीमा एप्पलपछि अल्फाबेट (गुगल)को मार्केट क्याप २.१७ ट्रिलियन डलर, अमजेनको १.९० ट्रिलियन डलर र साउदी अरामकोको १.७८ ट्रिलियन डलर कायम छ ।
यसअघि यही जुन ५ मा एनभिडियाले एप्पलाई पछि पार्दै विश्वको दास्रो सबैभन्दा मूल्यवान कम्पनी बनेको थियो । तत्कालीन समयमा एनभिडियापको मार्केट  क्याप ३.०१ ट्रिलियन डलर थियो ।
एनभिडियाको भारतमा चार इन्जियिनरिङ डेभलपमेन्ट सेक्टर छन् । भारतको हैदराबार, पुणे, गुरुग्राम र बेंग्लोरमा ती सेक्टर छन् । ब्लूमबर्गका अनुसार एनभिडिया  आफ्नो एआई एक्सेलरेटरलाई अपग्रेड गर्ने योजनामा छ । एनभिडिया एक टेक्नोलोजिसँग सम्बन्धित कम्पनी हो ।
उक्त कम्पनी ग्राफिक्स प्रोसेसिङ युनिटको डिजाइन तथा उत्पादनका लागि प्रसिद्ध छ । सन् १९९३ मा जेन्सन हुआङ, कर्टिस प्रिम तथा क्रिस मालाचोस्कीले कम्पनीको स्थापना गरेका थिए । यसको मुख्यालय क्यार्लिफोनियाको सान्ता क्लारामा छ । यो कम्पनी गेमिङ, क्रिप्टोकरेनसी  माइनिङ तथा प्रोफेसनल एप्लिकेश्नसका लागि चिप डिजाइन तथा उत्पादन गर्छ । यसका  साथै ह्विकल्स, रोबोटिक्स तथा अन्य उपकरणका लागि लागि चिप उत्पादन गर्दै आएको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal