Skip to content
Prabhu

केन्द्रीय बैंकले बैंकहरुबाट ५० अर्ब खिच्दै

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकहरुमा रहेको ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकहरुमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले बिहीबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको हो ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ५० अर्ब खिच्न लागेको हो । अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ । अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ ।

अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल छ । राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal