Skip to content
Prabhu

विश्वकै धनी परिवार हिन्दुजामाथि मानव तस्करीको आरोपले संसारभर चर्चा, कर्मचारीको तुलनामा कुकुरको खर्च धेरै

एजेन्सी । बेलायतको सबैभन्दा धनी परिवारविरुद्ध स्वीट्जरल्याण्डमा मानव तस्करी तथा उत्पीडनको मुद्दा चलिरहेको छ । हिन्दुुजा परिवारका सदस्य प्रकाश र कमल हिन्दुजासहित उनका छोरा अजय र बुहारी नम्रता माथि भारतबाट केही व्यक्तिहरुलाई जेनेभा लगेर एक भवनमा काम लगाएको आरोप लागेको छ ।
ती व्यक्तिहरुलाई धेरैभन्दा धेरै काम लगाएर प्रतिदिन जम्मा आठ डलर दिने गरिएको थियो । प्रशासनले हिन्दुजा परिवारमाथि ती कामदारहरुको पासपोर्ट राखने र उनीहरुलाई कतै जान पनि प्रतिबन्ध लगाएको आरोप समेत लगाएको छ ।
कूल ४७ बिलियन डलरको कारोबारी साम्राज्य भएको यस परिवारका वकिलले विवादास्पद समेत दाबी पेस गरेका छन् । जसमा ती वकिलले तलबमा ती कामदारहरुको बस्न र खानाको पनि हिस्सा भएको बयान दिएका थिए ।
भारतबाट निस्किएर विश्वभर छाएको हिन्दुजा परिवार
हिन्दुजा परिवार भारतसँग जोडिएका छन् । भारतमा पनि यस नामबाट एक कारोबारी घराना पनि चलाइरहेका छन् । जुन कैयौँ कम्पनीको एक समूह पनि हो । जसमा निर्माण, कपडा, अटोमोबाइल, आयल, बैंक तथा फाइनान्स जस्ता क्षेत्र पर्छन् । हिन्दुजा ग्रुपका संस्थापक परमानन्द दीपचन्द्र हिन्दुजा अभिभाजित भारतको सिन्धको प्रसिद्ध सहर शिकारपुरमा जन्मिएका थिए ।
सन् १९१४ मा उनीहरुले भारतमा व्यापार तथा वित्तीय राजधानी बम्बेको यात्रा गरेका थिए । हिन्दुजा ग्रुपको वेवसाइटका अनुसार त्यहाँ उनले चाँडै व्यापारको तरिका सिकेका थिए । सिन्धमा सुरु भएको व्यापारिक यात्रा सन् १९१९ मा इरानको एउटा कार्यालयबाट अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवेश गरेका थियो ।
समूहको मुख्यालय सन् १९७९ सम्म इरानमै थियो । त्यसपछि यूरोपमा सरेको थियो । सुरुका वर्षमा मर्चेन्ट बैंकिङ तथा ट्रेडिङ हिन्दुजा ग्रुपको व्यवसायका दुई स्तम्भ थिए । ग्रुपका संस्थापक परमानन्द दीपचन्दी हिन्दुजाका तीन छोराहरु श्रीचन्द, गोपीचन्द र प्रकाशले पछि कामकाज सम्हालेर कम्पनीलाई देश तथा विदेशमा प्रसार गरेका थिए ।
सन् २००३ मा श्रीचन्द हिन्दुजाको निधनपछि उनका कान्छा भाइ गोपीचन्दले उनको स्थान लिएर ग्रुपको प्रमुखका रुपमा कामकाज सम्हालेका थिए । स्वीट्जरल्याण्डमा मानव तस्करीको केस समाना गरिरहेको प्रकाशलाई मोनेकोमा भएको कारोबार सम्हाल्ने जिम्मेवारी थियो ।
यूनाइटेड किंगडममा हिन्दुजा परिवारले कैयन मूल्यावान प्रपर्टी पनि खरिद गरेका छन् । सन् २०२३ को सेप्टेम्बरमा हिन्दुजा ग्रुपले लन्डनको ह्वाइटहलमा स्थित ओल्ड वार अफिस जुन पहिले ब्रिटेनको रक्षामन्त्रालय समेत थियो, उसमा रेफ्ल्स नामको होटल बनाएको थियो । उक्त होटलको विशेषता यो होटल बेलायतका प्रधानमन्त्रीको सरकारी आवास १० डाउनिङ स्ट्रिटभन्दा केही मिटर मात्रै दूरीमा थियो ।
यो ग्रुप कार्लटन हाउसको छतको एक हिस्साको मालिकाना हक राख्छ । यो भवनमा कैयन कार्यालय, घर तथा इभेन्ट रुम छन्  साथै बकिंघम प्लालेसदेखि पनि निकै नजिक छ । हिन्दुजा ग्रुपको दाबीअनुसार विश्वका विभिन्न देशमा दुई लाखभन्दा बढी  मानिसहरु उनीहरुको कम्पनीमा काम गरिरहेका छन् । सन् २०२० जुनमा बेलायतको एक अदालतमा हलफानामा दायर भएको थिया । जसअनुसार हिन्दुजा भाइहरुमा सम्बन्ध राम्रो थिएन् ।
कागजपत्रका अनुसार भाईहरुमा सबैभन्दा जेठा श्रीचन्दले कान्छा भाइका विरुद्धमा स्वीट्जरल्याण्डको जेनेभास्थित एक बैंकको माथि मालिकाना अधिकारका लागि मुद्दा दायर गरेका थिए ।
कर्मचारीलाई भन्दा बढी खर्च कुकुरलाई
स्वीस प्रशासनको नजर यस परिवारमा पछिल्लो ६ वर्षदेखि रहेको छ । जबदेखि प्रशासनले जेनेभास्थित एक घरमा आफ्ना कमर्मचारीलाई राख्ने विषयमा परिवारका विरुद्ध जाँच सुरु थियो, त्यसपछि प्रशासनले उक्त परिवारमाथि निगरानी राखिरहेको छ ।
गत साता यो परिवारले पीडितका साथ आर्थिक सम्झौता गरेपछि उत्पीडनसँग जोडिएको एक केशमा अदालतबाट भने राहत मिलेको छ । यद्यपि अझै पनि यस परिवारमाथि मानव तस्करीको आरोप भने लागिरहेको छ । यसका लागि स्वीस वकिलले आरोपी  प्रकाश र कमल हिन्दुजामाथि साढे पाँच वर्षको सजाय माग गरिरहेका छन् । साथै छोरा अजय र बुहारी नम्रताविरुद्ध चार÷चार वर्ष कैद हुनुपर्ने माग वकिलहरुले गरिरहेका छन् ।
सोमबार यो मुद्दामा सुनुवाई सुरु हुने तथा जाँच गर्नेहरुले लगाएको आरोपपछि बेलायत र भारतीय सञ्चारमाध्यममा यो विषयले निकै चर्चा पाएको छ । ब्लूमवर्गको रिपोर्टअनुसार सरकारी वकिल य्वेस बेरतोसाले अदालतमा भनेका छन्, “हिन्दुजा परिवारले आफ्नो एक कुकुरमाथि नोकरको तुलनामामा बढी खर्च गरिरहेको छ ।” अधिकारीहरुका अनुसार एक महिला नोकरले दिनमा १८ घण्टा काम गर्दा जम्मा ७.८४ डलर मात्रै दिइने गरेको थियो । जबकी कागजपत्रअनुसार यो परिवारले एक  कुकुरको स्याहरसुसार र खानामा मात्रै वार्षिक १० हजार अमेरिकी डलर खर्च गर्दै आएको थियो । घरका नोकरहरुलाई यो परिवारले भारतीय रुपैयाँमा तलब दिने गरेको थियो ।
एक विवादास्पद बयान
बीबीसी जेनेभाका इमोजेन फोक्सको प्रतिवेदनअनुसार हिन्दुजा परिवारले वकिलले कम पारिश्रमिक दिने गरेको आरोपले अस्वीकार गरेका छैनन् । तर ती वकिलले तलबमा खान र बस्नको पनि सुविधा समावेश गरिएको बताएका छन् । वकिल याएर हयातले तलब कम गर्न नसकिने स्पष्ट पारेका छन् । यो परिवारले धेरै काम लगाउने आरोप पनि लगाइएको छ ।
विश्वका सबैभन्दा धनी तथा अन्तर्राष्ट्रिय संगठनका क्षेत्र जेनेभामा दर्ता भएको यो पहिलो मुद्धा भने होइन । सन् २००८ मा लिबियाका पूर्व तानाशाह मुअम्मर गद्धाफीका छोरा हानिबल गद्धाफीका छोरालाई अल्पाइन सिटी प्रहरीले एक पाँच तारे होटलबाट पक्राउ गरेको थियो । हानिबल गद्धाफी तथा उनकी पत्नीमाथि नोकरलाइै पिट्ने गरेको आरोप लागेको थियो । यो मुद्दा अहिले बन्द भएको छ ।
तर यसका कारणले लिबिया र स्वीट्जरल्याण्डको कूटनीतिक  सम्बन्ध बिग्रिएको थियो । यसको बदलामा त्रिपोलीमा दुई जना स्वीस नागरिकलाई पक्राउ गरिएको थियो । पछिल्लो वर्ष चार फिलिफिनी घरेलु कामदारले संयुक्त राष्ट्रसंघको एक राजदूतका विरुद्ध पैसा नदिएको भन्दै मुद्दा दर्ता भएको थियो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal