Skip to content
Prabhu

अर्थमन्त्री पुनलाई सफल बनाउनु हाम्रो कर्तव्य हो : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको कार्यकाल सफल बनाउन आफूहरुको कर्तव्य भएको बताएका छन् ।

राष्ट्रपति कार्यालयमा अर्थमन्त्रीको सपथ लिएपछि आज सिंहदरबारस्थित अर्थमन्त्रालय  पदभार ग्रहण पुगेका अर्थमन्त्री पुनलाई स्वागत गर्दै गभर्नर अधिकारीले अर्थमन्त्रीका रुपमा पुनको कार्यकाल सफलताको शुभकामना दिँदै त्यसमा आफ्नो कर्तव्य पनि भएको बताए । 

“मैले यसअघि पनि अर्थमन्त्रीज्यूसँग काम गरिसकेको छु । उहाँ टीममा असाध्यै विश्वास गर्नुहुन्छ । टीममा विश्वास गर्ने भएकाले उहाँको कार्यकाल सफल बनाउनु हाम्रो जिम्मेवारी र कर्तव्य हो”, गभर्नर अधिकारीले भने । उनले हाल अर्थतन्त्र सुधारको अवस्थामा रहेको समेत बताए ।

गभर्नर अधिकारीले हाल बाह्य क्षेत्र र मौद्रिक क्षेत्रमा कुनै समस्या नरहे पनि वास्तविक र सार्वजनिक वित्तको क्षेत्रमा दबाब रहेको भन्दै अर्थतन्त्र सुधारका लागि छलफल र सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal