Skip to content

एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

nabil
global ime

काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले पदबाट राजीनामा दिएका छन् ।

उनीमाथि विवाहेतर सम्बन्ध र विदेशी गुप्तचरीसँग जोडिएका आरोप सार्वजनिक भएका छन् । ‍कम्पनीको सञ्चालक समितिले हुआङले राजीनामा दिएको जनाएको छ ।

यो सँगै कम्पनीकै कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्ने भएकी छिन् ।

६३ वर्षीय हुआङले आफ्नी पत्नी एलिस हुआङसँग विवाहेतर सम्बन्ध राखेको समाचार सार्वजनिक भएपछि कम्पनीका कर्मचारीलाई पठाएको सन्देशमा वैवाहिक निष्ठा भङ्ग गरेको स्वीकार गर्दै माफी मागेको बताइएको थियो ।

यस घटनाले कम्पनीको नेतृत्व र सुरक्षासम्बन्धी विषयमा समेत प्रश्न उठाएको थियो ।

ताइवानमा जन्मिएका जेन्सेन हुआङले सन् १९९३ मा अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सहस्थापना गरेका थिए। त्यसयता उनी निरन्तर कम्पनीको नेतृत्वमा रहँदै आएका थिए ।

न्युयोर्क टाइम्सले उनको कम्पनीकै उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि विवाहेतर सम्बन्ध रहेको दाबी गरेको छ । यसअघि सिङ्गापुरस्थित डेटा सेन्टर कम्पनीकी वरिष्ठ अधिकारी एलिस हुआङसँगको सम्बन्ध सार्वजनिक भएको थियो ।

व्यक्तिगत सम्बन्धसम्बन्धी विवरण सार्वजनिक भएपछि एनभिडियाको सेयरमा गिरावट आएको छ । कम्पनी र हुआङविरुद्ध लगानीकर्तासँगको सम्बन्धबारे आवश्यक जानकारी नदिएको आरोपमा सेयरधनीहरूले सामूहिक मुद्दासमेत दायर गरेका छन् । कृत्रिम बौद्धिकता (एआई) प्रविधिका लागि चिप उत्पादन गर्ने एनभिडिया विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T