Skip to content

सबै तयार हुनु, यो सरकारले कुनबेला के गर्छ भर छैन: अध्यक्ष ओली

nabil
global ime

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय भेलाको उद्घाटन समारोहमा अध्यक्ष ओलीले भने,’सरकारले एमालेमाथि निर्मम हमला गरेको छ । अब सरकारले फेरि हमाल गर्न सक्छ । त्यसको प्रतिरोध हुनेछ । त्यसको मूल्य महङ्गो पर्न सक्छ ।’

आफू गिरफ्तार हुँदा सयौं कार्यकर्तामाथि निर्मम ढङ्गले कुटपीट गरेको औंल्याउँदै अध्यक्षा ओलीले भने, ”पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला । अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनु पर्छ । सबै तयार हुनु । यो सरकारले कुनबेला के गर्छ भर छैन ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T