काठमाडौं । बराह बचत तथा ऋण सहकारीका बचतकर्ताको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी ठगीको आरोपका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् ।
गृहमन्त्री सुधन गुरुङले सामाजिक सन्जाल मार्फत विश्वकर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ गरेको जानकारी गराएका छन् ।
बराह सहकारीका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको उनको भनाइ छ ।
“पूर्वलाई न्याय बराह सहकारीका मुख्य योजनाकार शिव कुमार विश्वकर्मा (लामिछाने) CIB द्वारा पक्राउ! 6 वर्षअघि धरानमा SAVE GHOPA अभियान सञ्चालनको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध बोल्दा सुनिएका पूर्वका बचतकर्ताहरूको त्यो पीडाले मलाई सधैँ झकझकाइरहेको थियो। अभियन्ता हुँदा वा ‘जेनजी आन्दोलन’ पश्चातका प्रयासहरूमा तत्काल केही गर्न नसके पनि, गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि डे वानबाटै पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजीलाई तीव्र पारिएको थियो। अन्ततः ५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएका छौं, र क्रमबद्ध रूपमा अब बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाउने सम्पूर्ण जनमानसमा जानकारी गराउन चाहन्छु” गुरुङले लेखेका छन् ।









प्रतिक्रिया दिनुहोस्