काठमाडौं । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका –१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा जिप दुर्घटना हुँदा भएको छ ।
दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
आन बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका हुन् । घाइतेहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ । जसमा चिकित्सकले ३ जनालाई मृत घोषणा गरेका छन् ।
अन्य ७ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्