Skip to content

हकप्रद सेयर ल्याउन लागेको एनआईसी एशिया बैंकको बुक क्लोज कहिले ?

nabil
global ime

काठमाडौं । एनआईसी एशिया बैंकले हकप्रद सेयर निष्काशन गर्नका लागि एक दिन बु्क क्लोज गर्ने भएको छ ।

बैंकले मंसिर ११ गते १ दिन सेयरधनी दर्ता पुस्तिका बन्द गर्न लागेको जनाएको छ । मंसिर १० गतेसम्म कायम रहेका सेयरधनीले बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

हाल बैंकले चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ । बैंकले प्रति कित्ता १०० रुपैयाँका दरले १४ करोड ९१ लाख ७५ हजार ६६९.२२ कित्ता साधारण सेयरको २:१ अर्थात् २ कित्ता सेयर हुनेका लागि थप १ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा व्यापारी) हरूलाई सीएम पुल एकाउन्टमा सेयर नराखी सम्बन्धित खरिदकर्ता सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा सेयर हस्तान्तरण गरिदिन आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T