काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत फाइनल प्रवेशका लागि आज बिहीबार दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलको विजेताले उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो अवसर सदुपयोग गर्दै लगातार तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ । लिग चरणमा दोस्रो स्थान हासिल गरेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने योजनासहित मैदान उत्रनेछ ।
यता, इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै पहिलो पटक क्वालिफायरमा पुगेको चितवन राइनोज पनि इतिहास रच्ने दाउमा छ। उत्कृष्ट लयमा रहेका कमिल मिहारा र कप्तान रवि बोपाराको ब्याटिङ चितवनका लागि महत्त्वपूर्ण हुनेछ ।









प्रतिक्रिया दिनुहोस्