Skip to content

नेपाल बैंक लिमिटेडद्वारा ‘एनबीएल फोनलोन’ सेवा सुरु

nabil
global ime
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा वित्तीय समावेशीकरण तथा डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै मोबाइल बैंकिङ अनुप्रयोग ‘एनबीएल बैंकस्मार्ट एक्सपी’ मार्फत ‘एनबीएल फोनलोन’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ। यो सेवा फोनलोन प्रालिद्वारा सञ्चालित छ। यसले ग्राहकलाई पूर्ण रूपमा डिजिटल, छिटो र सहज रूपमा कर्जा उपलब्ध गराउनेछ।
यस सेवामार्फत बैंकका योग्य ग्राहकले बिना धितो, कागजी प्रक्रिया तथा बैंक शाखामा उपस्थित नभई मोबाइल अनुप्रयोगबाटै अधिकतम दुई लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। औपचारिक कर्जामा सहज र छिटो पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ  । कर्जाको सीमा तथा प्राप्त गर्न सक्ने योग्यता बैंकले निर्धारण गरेका मापदण्डका आधारमा तय हुनेछ। यसमा ग्राहकको तलब जम्मा हुने नियमितता, हालको कर्जा दायित्व तथा विगतको कर्जा भुक्तानी व्यवहारलगायतका पक्षलाई आधार बनाइनेछ।
ग्राहकले एक महिनाभित्र वा बढीमा १२ महिनासम्म मासिक किस्ताबन्दीमा कर्जा चुक्ता गर्न सक्नेछन्। साथै, तोकिएको समयभन्दा अगावै कर्जा भुक्तानी गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ । बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका ग्राहकले बैंकले निर्धारण गरेका योग्यता तथा दर्तासम्बन्धी प्रक्रिया पूरा गरी ‘एनबीएल बैंकस्मार्ट एक्सपी’ अनुप्रयोगमार्फत यो सेवा उपयोग गर्न सक्नेछन्। योग्य ग्राहकले मोबाइल अनुप्रयोगबाटै कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
बैंकको ९०औँ वार्षिकोत्सव समारोहका अवसरमा उक्त सेवाको शुभारम्भ गरिएको हो । सेवाका सम्बन्धमा नेपाल बैंक लिमिटेडका खुद्रा कर्जा विभागका प्रमुख प्रबन्धक अर्जुनबहादुर कँडेलले भने, “एनबीएल फोनलोन सेवामार्फत ग्राहकलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल कर्जा समाधान उपलब्ध गराउनु हाम्रो उद्देश्य हो। प्रविधिको उपयोग गर्दै वित्तीय सेवामा पहुँच विस्तार गर्नु तथा ग्राहकलाई सरल र सुविधाजनक बैंकिङ सेवा प्रदान गर्नु बैंकको प्राथमिकता हो। बैंकको ९०औँ वार्षिकोत्सवको यस अवसरमा हामी नवीन प्रविधिको अवलम्बन गर्दै डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन प्रतिबद्ध छौँ।”
‘एनबीएल फोनलोन’ सेवाको सुरुवातले नेपाल बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवालाई थप सुदृढ बनाउनुका साथै ग्राहकको सुविधामा वृद्धि गर्ने र डिजिटल माध्यमबाट औपचारिक कर्जामा पहुँच विस्तार गर्ने विश्वास बैंकले लिएको छ। यस पहलले प्रविधिमैत्री तथा ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने बैंकको प्रयासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T