काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मल्टीपर्पस फाइनान्स लिमिटेडमा रहेकाे ७ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
मल्टीपर्पस फाइनान्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्दै रिलायबल नेपाल लाइफले आफूसँग रहेको संस्थापक सेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएको जानकारी गराएको हो ।
कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डको २०८३ असोज २३ गतेको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि पाँच दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार रिलायबल नेपाल लाइफले आगामी तीन महिनाभित्र ७ लाख २३ हजार कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेको मल्टीपर्पस फाइनान्सले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्