Skip to content

आरएसडिसी लघुवित्तले बोलायो तेह्रौँ वार्षिक साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

nabil
global ime

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।

संस्थाले आगामी पुस ३ गते शुक्रबार रुपन्देहीको बुटवलस्थित वेष्टर्न एशियन होटल प्रालिमा साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान ९ः३० बजे सुरु हुनेछ ।

उक्त सभामा गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरिएको लाभांश वितरणसम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । यसअनुसार मंसिर २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T