Skip to content

सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

nabil
global ime
काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलाको ५०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ३५ रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T