काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका उपलब्धिबारे देशबासीलाई जानकारी गराउनु पर्ने बताएका छन् ।
मंगलबार केन्द्रीय कार्यालयमा भएको केन्द्रीय समिति बैठकमा उनले यस्तो बताए । उनले भारत भ्रमणका क्रममा दीर्घकालीन महत्त्वका केही काम नभएको उनको भनाइ छ ।
‘‘प्रधानमन्त्रीले भारत भ्रमणको उपलब्धिबारे जानकारी गराउनुपर्छ’’, सभापति थापाले भने, ‘‘हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौं। तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन।’’
उनले अहिले सरकारले अध्यादेशको भरमा देश चलाउन खोजेको दाबी गरे । यो सही बाटो नभएको उनको भनाइ छ ।
पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको विषय चर्चामा आएको भन्दै उनले आफू सभापति भएयता ओलिसँग ५ पटक भेट भएको जानकारी गराए ।
सभापति थापाले सरकारका बिषयमा बोल्दा साथीहरुले नबोल्न सचेत गराउने गरेको जानकारी गराए ।
बोलेकै भरमा सरकारले आफूलाई पक्राउ गर्ने हो भने हत्कडी लिएर मात्रै आउन सुझाव दिए । हत्कडी नलिइ नआउन उनले आग्रह समेत गरे ।
थापाले पहिला राजनीतिक दलका संगठनको आतंक हुने गरेको स्मरण गराउँदै अहिले सामाजिक सन्जालमा धेरै आतंक फैलाइएको बताए ।









प्रतिक्रिया दिनुहोस्