Skip to content

हिम पर्वत हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै

nabil
global ime

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ताहरुका लागि साधारण सेयर आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरेर सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको जनाएको छ ।

कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । जसमा १६ लाख ९० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय, ४ लाख २२ हजार ५०० कित्ता साधारण सेयर श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको छ ।

२ लाख ११ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष, १ लाख २६ हजार ७५० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गरेको छ । दोस्रो चरणमा बाँकी रहेको ३४ करोड ६४ लाख ५० हजार रुपैयाँ ३४ लाख ६४ हजार ५०० कित्ता सेयर निष्काशन गर्न लागेको जनाएको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा मंसिर २३ गतेसमम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस ३ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T