काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले नबिल म्युचुअल फण्ड अन्तर्गतको नबिल ग्रोथ फण्ड निष्काशन गरेको छ ।
फण्ड आजदेखि निष्काशन भएको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई फण्ड निष्काशन गरेको हो ।
जसमा १ करोड ५० लाख इकाईमा १ करोड ४० लाख इकाई कोष प्रर्वद्धक नबिल बैंकका लागि, १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङका लागि छुट्याइएको छ ।
सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाई निष्काशन गरिएको छ । इकाईमा मंसिर १४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिने छ ।
फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । यो बन्दमुखि योजना हो । फण्डको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट रहेको छ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट सी आस्बा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।









प्रतिक्रिया दिनुहोस्