Skip to content

मितेरी डेभलपमेन्ट बैंकले  बोलायो साधारण सभा, लाभांश पारित गर्ने 

nabil
global ime
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको साधारण सभा बोलाएको छ । बैंकले मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
बैंकले पुस ४ गते, शनिबार, सुनसरी उद्योग वाणिज्य संघ, धरानमा २१ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सभा बिहान १० बजे शुरु हुनेछ । बैंकको सभाले ५ प्रतिशत बोनस सेयर र ६ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसैगरी, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथावा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १६ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T