Skip to content

निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

nabil
global ime
काठमाडौं । निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा परेको छ ।
आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरेपछि कार्कीले आईजीपीमा पुनर्वाहलीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।
यसअघि मंसिर ७ गते सर्वोच्चका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी परेको थियो ।
७ गतेको सुनुवाइ ९ गतेका लागि पेसी तोकिएको थियो ।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । डा. मनोजकुमार केसीलाई आईजीपीमा नियुक्त गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T