Skip to content

९ हजारभन्दा बढी विद्युतीय कार भित्रिए, ईभी आयातमा मुलुकबाट बाहिरियो साढे २१ अर्बभन्दा बढी रकम

nabil
global ime

काठमाडाैं । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म मुलुकबाट विद्युतीय सवारी (ईभी) आयातका लागि साढे २१ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक महिनासम्म २१ अर्ब ६० करोड ७७ लाख ७६ हजार रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन आयात भएका हुन् ।

कात्तिकसम्म व्यवसायीले एसेम्बल र अनएसेम्बल गरी कुल १७ हजार ४३१ वटा विद्युतीय सवारीसाधन भित्र्याएका छन् । आयातित सवारीसाधनमा चारपांग्रे र तीनपांग्रे दुवै प्रकारका ईभी रहेका छन् ।

कात्तिक महिनासम्म ९ हजार ४८ वटा विद्युतीय चारपांग्रे कार आयात भएका छन् । ती कार आयातका लागि मुलुकबाट २० अर्ब ३१ करोड २३ लाख ५१ हजार रुपैयाँ बाहिरिएको छ । सरकारले ईभी कार आयातबाट १२ अर्ब ९ करोड १० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी विद्युतीय सवारीसाधन चीनबाट आयात भएका छन् । चीनबाट तीनपांग्रे र अन्य विद्युतीय सवारीसाधन गरी कुल १२ हजार ६८२ वटा सवारीसाधन भित्रिएका छन् ।

त्यस्तै, भारतबाट कुल ४ हजार १७० वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । थाइल्यान्डबाट ५७६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।

यस्तै, अमेरिकाबाट २ वटा र जर्मनीबाट १ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T