काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा उद्योगको औसत क्षमता उपयोग घटेको छ ।
अघिल्लो वर्षको तुलनामा गत वर्षमा उद्योगको औसत उपयोग क्षमता घटेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आवको असार मसान्तसम्म उद्योगको उपयोग क्षमता ४८.१३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो क्षमता उपयोग ५१.४३ प्रतिशत रहेको थियो ।
२०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा औद्योगिक क्षेत्र कर्जाको हिस्सा ३१.०२ प्रतिशत रहेको छ ।
यस्तै सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटक संख्या ०.९५ प्रतिशतले वृद्धि भई ११ लाख ५८ हजार ४ सय ५९ जना पुगेको छ ।
यस्तै घर/भवन नक्शा पास संख्या २.९८ प्रतिशतले र घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त हुने राजस्व २.०४ प्रतिशतले घटेको छ ।
२०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.७२ प्रतिशतले र कर्जा प्रवाह ६.५५ प्रतिशतले वृद्धि भएको छ ।
२०८३ असार मसान्तमा औसत कर्जा–निक्षेप अनुपात ७२.३७ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश उच्च रहेको छ । कुल निक्षेपमा यस प्रदेशको अंश ६४.०५ प्रतिशत र कुल कर्जामा ६०.९१ प्रतिशत रहेको छ ।
यस्तै यातायात साधनको दर्ताको सङ्ख्या १६.१५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा २० हजार ६५७ कि.मि. कालोपत्रे सडक, ९३१६ कि.मि. ग्राभेल सडक, ९७०१ कि.मि.कच्ची/नयाँ सडक र १५९ कि.मि. रिजिड पेभ्मेन्ट निर्माण भएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा कुल वस्तु निर्यात १३.८१ प्रतिशतले वृद्धि भई ३ खर्ब १५ अर्ब २९ करोड पुगेको छ । साथै, कुल वस्तु आयात १६.२० प्रतिशतले वृद्धि भई रु.२० खर्ब ९६ अर्ब ३८ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीमा (पुन:श्रम स्वीकृति समेत) जानेको संख्या ७ लाख ९२ हजार १८७ रहेको छ । यसमध्ये मधेश प्रदेशको अंश सबैभन्दा बढी २२.६० प्रतिशत र कर्णाली प्रदेशको अंश सबै भन्दा कम ३.८५ प्रतिशत रहेको छ ।
गत आवको असार मसान्तसम्म कृषि बालीको उत्पादन ०.८४ प्रतिशतले घटेको छ । यस्ता बालीले ढाकेको भू–क्षेत्र भने १.५६ प्रतिशतले घटेको छ । तरकारी उत्पादन १.६७ प्रतिशत र फलफूल उत्पादन ०.२१ प्रतिशतले बढेको छ भने मसला उत्पादन १.३४ प्रतिशतले घटेको छ ।
पशुजन्य उत्पादन अन्तर्गत दूध उत्पादन ३.६४ प्रतिशत बढेको छ भने मासु उत्पादन ०.०९ प्रतिशतले र अण्डा उत्पादन ५.७७ प्रतिशतले घटेको छ ।
वनजन्य उत्पादनतर्पm दाउरा उत्पादन १९.७४ प्रतिशत र औषधिजन्य वस्तुको उत्पादन ६५.३६ प्रतिशतले बढेको छ भने काठ उत्पादन १.४० प्रतिशतले घटेको छ ।









प्रतिक्रिया दिनुहोस्