Skip to content

कात्तिकसम्म नेपाल भित्रिए करिब पौने ९ लाख स्मार्टफोन, आयातमा बाहिरियो साढे २० अर्बभन्दा धेरै रकम 

nabil
global ime
काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकसम्म मुलुकले ८ लाख ७१ हजारभन्दा बढी स्मार्टफोन आयात भएका छन्। भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा विभिन्न मुलुकबाट कुल ८ लाख ७१ हजार १३३ थान स्मार्टफोन नेपाल भित्रिएका हुन् ।
स्मार्टफोन आयातका लागि मुलुकबाट करिब पौने ९ अर्ब रुपैयाँ रकम बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार आयातित स्मार्टफोनको कुल मूल्य २० अर्ब ६८ करोड ३३ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
स्मार्टफोन आयात गरेर सरकारले ३ अर्ब ८५ करोड ८२ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको  छ । नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात भएको देखिएको छ । कात्तिकसम्म चीनबाट मात्रै ७ लाख ५९ हजार ३३६ थान स्मार्टफोन आयात भएका छन् ।
त्यस्तै, भारतबाट १ लाख ६ हजार ३९४ थान स्मार्टफोन आयात भएका छन् । चीन र भारतपछि जापान, अस्ट्रेलिया, अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत र दक्षिण कोरियालगायतका मुलुकबाट पनि नेपालमा स्मार्टफोन आयात भएको विभागको तथ्यांकले देखाउँछ ।
तथ्यांकअनुसार अमेरिकाबाट १ हजार ३३७ थान, जापानबाट १ हजार १०५ थान, अस्ट्रेलियाबाट ८६५ थान, मलेसियाबाट ५६८ थान र यूएईबाट ३८२ थान स्मार्टफोन आयात भएका छन् । त्यस्तै, बेलायतबाट २७२ थान, दक्षिण कोरियाबाट २०५ थान र क्यानडाबाट १४४ थान स्मार्टफोन भित्रिएका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T