Skip to content

सेयर बजारमा सामान्य सुधार, हिमालयन ऊर्जा विकास, कुमारी बैंकको धेरै कारोबार

nabil
global ime

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ८.६६ अ्रकले घटेर परिसूचक २६४७.६१ बिन्दु कायम भएको छ ।

३५६ कम्पनीको १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता सेयर ६ अर्ब १४ करोड ६० लाख ४३ हजार ९०९ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा होटल, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ भने बाँकी अन्य समूहका उपसूचक बढेका छन् । कारोबारमा १७० कम्पनीको मूल्य बढेको छ भने १०१ कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा मुक्तिनाथ कृषि कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, कालिका लघुवित्त, मानुषी लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, ओम मोगाश्री फर्मास्युटिकल्स, सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन उर्जा विकास कम्पनीको पहिलो स्थानमा रहेको छ । कम्पनी ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा कुमारी बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T