Skip to content

महाधिवेशनबाट निर्वाचित कांग्रेसको कार्यसमिति आयोगमा अद्यावधिक

nabil
global ime
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिक रूपमा अद्यावधिक गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको विवरण आयोगमा अद्यावधिक गरिएको जानकारी दिएका हुन् ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो । महाधिवेशनले गगन थापाको नेतृत्वमा २० पदाधिकारीसहित २३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो ।
नयाँ कार्यसमितिलाई अद्यावधिक गर्न प्रधानमन्त्री प्रदीप पौडेलले कात्तिक १६ गते निर्वाचन आयोगसमक्ष निवेदन दिएका थिए । सोही निवेदनका आधारमा आयोगले कार्यसमितिको विवरण अद्यावधिक गरेको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T