Skip to content

शिखर इन्स्योरेन्स साफा ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित

nabil
global ime

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स’ (साफा) द्वारा निर्जीवन बीमा विधामा ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ ।

बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड्स, इन्टिग्रेटेड रिपोर्टिङ अवार्ड्स तथा कर्पोरेट गभर्नेन्स डिस्क्लोजर २०२५ अन्तर्गत यो.सम्मान प्राप्त गरेको हो । बंगलादेशको ढाकामा आयोजित समारोहमा इन्स्योरेन्सका नायब महाप्रबन्धक सुरज राजवाहकले सम्मान् पत्र ग्रहण गरेका छन् ।

यस वर्ष निर्जीवन बीमा क्षेत्रबाट यो सम्मान पाउने शिखर इन्स्योरेन्स एकमात्र कम्पनी हो । कम्पनीले लगातार दोस्रो वर्ष साफाबाट यो प्रतिष्ठित सम्मान प्राप्त गरेको हो। गत वर्ष पनि शिखर इन्स्योरेन्स नेपालको बीमा क्षेत्रबाटै यो सम्मान पाउने पहिलो कम्पनी बनेको थियो ।

साफाको ‘कमिटी फर इम्प्रुभमेन्ट इन ट्रान्सपरेन्सी, अकाउन्टेबिलिटी एन्ड गभर्नेन्स’ द्वारा आयोजित यो अवार्ड दक्षिण एसियाकै कर्पोरेट प्रतिवेदन क्षेत्रको एक प्रतिष्ठित सम्मान मानिन्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T