काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याबले अहिले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सेयर निष्कासन गरिरहेको छ । कम्पनीले आगामी ३ वर्षको वित्तीय अवस्थाको प्रक्षेपण गरेको छ ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८३/०८४ मा प्रतिसेयर आम्दानी १५.९९ रुपैयाँ, नेटवर्थ १४४.१६ रुपैयाँ र जगेडा कोष तथा सञ्चिति नाफा ३५ करोड ३३ लाख ११ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
यस्तै आव २०८४/०८५ मा प्रतिसेयर आम्दानी २०.८३ रुपैयाँ, नेटवर्थ १६४.८४ रुपैयाँ र जगेडा कोष तथा सञ्चिति नाफा ५१ करोड ८७ लाख ४७ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
यस्तै आव २०८५/०८६ मा प्रतिसेयर आम्दानी २३.८६ रुपैयाँ, नेटवर्थ १८८.५० रुपैयाँ र जगेडा कोष तथा सञ्चिति नाफा ७० करोड ७९ लाख ६९ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
कम्पनीले आयोजना प्रभावितका लागि मंसिर १० देखि १५ गतेसम्मका लागि सेयर निष्कासन गरेको छ । यस्तै आयोजना प्रभावितका लागि १० देखि २४ गतेसम्मका लागि निष्कासन गरेको छ ।
कम्पनीको ठूला आधारभुत सेयरधनीमा विभिन्न व्यक्ति तथा कम्पनी रहेका छन् । सबैभन्दा धेरै सेयर स्वामित्व अध्यक्ष समेत रहेका हेम राज बडालको ५.७५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कम्पनीमा उनले ३ लाख ६२ हजार कित्ता सेयर स्वामित्व लिएका छन् । कम्पनीमा सबैभन्दा धेरै सेयर स्वामित्व सुना सुवेदीको ४२.४४ प्रतिशत रहेको छ । कम्पनीमा उनको २६ लाख ७४ हजार कित्ता सेयर रहेको छ ।
यस्तै अनिश बडालको १७.४६ प्रतिशत अर्थात ११ लाख कित्ता, मनोज पन्तको १.५९ प्रतिशत अर्थात १ लाख कित्ता, जितेन्द्र नारायण श्रेष्ठको १.९८ प्रतिशत, नवराज पौड्यालको १.७६ प्रतिशत, अनन्त दाहालको १.५९ प्रतिशत, नारायण ढुंगानाको १.९८ प्रतिशत, किसान दाना उद्योग प्रालिको १.५९ प्रतिशत, प्रदिप प्रसाद रेग्मीको १.५९ प्रतिशत, सुजेन्द्र शाहीको १.५९ प्रतिशत, दिवेश थापाको १.५९ प्रतिशत, सन्तोष कुमार सुवेदीको १.५९ प्रतिशत, अमित कुमार झाको १.५९ प्रतिशत, विजय नाराभाटको १.५९ प्रतिशत, केदार राज पाण्डेको १.५९ प्रतिशत, लगानी हब प्रालिको १.५९ प्रतिशत, रविन पुरीको ४.७६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कम्पनीको अध्यक्षमा हेम राज बडाल रहेका छन् भने सञ्चालकमा नवराज पौड्याल, दिवेश थापा, सुना सुवेदी, अनिश बडाल र निरज कार्की रहेका छन् । लगानी हब प्रालिको सञ्चालकमा बिष्ण्ॉ पोखरेल, विनोद ढकाल, विजय रानाभाट, नवीस पोखरेल र दिपक थापा रहेका छन् । किसान दाना उद्योग प्रालिको सञ्चालकमा रघुनाथ भट्ट, विनोद पोखरेल, विपिन पोखरेल र हिमालयन पौडेल रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्