Skip to content
Prabhu

निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामीमा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले १० लाख कित्ता संस्थापक सेयर लिलाम बिक्रीका लागि खुला गरेको छ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको संस्थापक सेयर लिलामी बिक्री खुला गरिएको हो ।

बैंकले असार १० गते (भोलि) देखि निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको हो । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०१ रुपैयाँ तोकिएको छ । त्यसैगरी, न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्ने बैंकले जनाएको छ । सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

ईच्छुकहरुले असार १७ गतेभित्र बोलपत्र पेस गर्नुपर्ने बंकले एक सूचनामार्फत जानकारी दिएको छ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेस गर्न सकिने बैंकले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal