Skip to content

पुराना लोकगीत जोगाउने अभियान

nabil bank

काठमाडौं । लोक संस्कृति तथा लोकगाथाहरु बोल्ने लोकगीत हराउँदै गएको भन्दै संगीत स्रस्टाहरु यसको जर्गेनातर्फ लागेका छन् । म्युजिक रिसर्च एण्ड डेभलपमेन्ट फोरम र लभ एण्ड सपोर्ट फाउण्डेसन नेपाल पुराना लोकगीतहरुको संरक्षणमा जुटेका हुन् ।

नेपाली लोक संस्कृतिलाई त्यस्ता गीतहरुको अनुसन्धानमा समेत लागेका यी संस्थाहरुले विश्व संगीत दिवसका अवसरमा शनिबार राजधानीका विभिन्न ठाउँमा लोकगीत संगीतहरु प्रस्तुत गरी दिवस मनाएका छन् । शनिवार साँझ ललितपुरको जावलाखेलमा आयोजित संगीत साँझ कार्यक्रममा राजेश कुमार श्रेष्ठ, गीता पाण्डे, निमा लामा, केसी राजा, अमृता लिम्बु, शरद राई, शुभम भेटवाल लगायतका गायक गायिकाहरुले आकाशैमा चिल उड्यो फनन् जस्ता पुराना विभिन्न ११ वटा पुराना लोकगीतहरु प्रस्तुत गरेका थिए ।

अहिलेका युवा पुस्ताले यस्ता लोकगीतहरु प्रस्तुत गर्दा आफूलाई ४० साल भन्दा अगाडिको सम्झना गराएको भन्दै वरिष्ठ लोक गायिका चन्द्रकला शाह लोकगीतहरुको जगेर्ना गर्नुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा गायिका कविता आले, संगीता राना, तथा संगितकार भुपेन्द्र रायमाझी, अम्बर गुरुङपुत्र किशोर गुरुङ, नेपाल सरकारका सचिव एवम् गीतकार सुरेश आचार्य लगायतको उपस्थिति रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi