Skip to content
Prabhu

घातक रोग पूरक करारसम्बन्धी मार्गदर्शन जारी, निर्जीवनले २० लाख र जीवनले १ करोडसम्मको बीमा गर्न पाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा घातक रोक बीमालेखसम्बन्धी मार्गदर्शन २०८१ जारी गरेको छ । मार्गदर्शनमार्फत प्राधिकरणले निर्जीवन बीमा कम्पनीले २० लाख रुपैयाँसम्म र जीवन बीमा कम्पनीले १ करोड रुपैयाँसम्म बीमा गर्न पाउने व्यवस्था गरेको छ ।

बीमकले जारी गर्ने घातक रोगसम्बन्धी पूरक करार व्यवस्थित कायम गर्न वाञ्छनीय भएकाले बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बीमा कम्पनीहरुको लागि घातक रोग वापतको बीमांकमा सीमा तोकिदिएको छ । जसमा निर्जिवन बीमा कम्पनीहरुले २० लाख रुपैयाँसम्मको बीमा गर्न पाउनेछन् भने जीवन बीमाले १ करोड रुपैयाँसम्मको बीमा गर्न पाउनेछन् ।

मार्गदर्शन अनुसार निर्जीवन बीमा कम्पनीहरुले घातक बीमालेख जारी गर्दा पर्याप्त मात्रामा जोखिमांक बीमा गनुपर्ने प्राधिकरणले जनाएको छ । जसमा उपदफा १ बमोजिम जोखिमांकन गर्दा विगतको बिमितको स्वास्थ्य रिर्पोट, वतर्मान स्वास्थ्य अवस्था, जीवन शैली लगायत बिषयलाई आधार मानेर गनुपर्ने प्रावधान यस बीमायोजनामा रहेको छ ।

त्यस्तै बीमालेख तयार गर्दा बीमा कम्पनीहरुले प्राधिकरणले तोकेको दश रोगहरु अनिवार्य रुपमा समावेश गनुपर्ने व्यवस्था समेत मार्गदर्शनमा उल्लेख गरिएको छ ।

निर्जिवन बीमा कम्पनीहरुले घातक रोग वापतको खर्च रकम दाबी गर्दा सम्बन्धीत रोगको विशेषज्ञ, चिकित्सकद्धारा अनुसूची १ बमोजिम घातक रोग हो भनी प्रमाणित गरेको कागजात पेश गनुपर्ने हुन्छ।

(२) उपदफा (१) बमोजिमको विशेषज्ञ चिकित्सक उपलब्ध नभएको अवस्थामा चिकित्सक मार्फत सिफारिस गरिएको कागजात पेश गर्नु पर्नेछ।

(३) उपदफा (१) र (२) बमोजिम पेस भएको कागजातको सम्बन्धमा थप जाँचबुझ गर्नु पर्ने भएमा सम्बन्धित रोगको विशेषज्ञ चिकित्सक मार्फत बीमकले आफ्नै खर्चमा थप जाँचबुझ गर्न सक्नेछ । (४) यस दफा बमोजिम घातक रोग प्रमाणित भए पश्चात बीमकले बीमालेख बमोजिमको एकमुष्ठ बीमाङ्क रकम दावी भुक्तानी गर्नु पर्नेछ ।

(५) दाबी भुक्तानीसम्बन्धी अन्य प्रक्रिया प्राधिकरणबाट जारी भएको दाबी भुक्तानी मार्गदर्शन बमोजिम हुनेछ ।

त्यस्तै जीवन बीमा कम्पनीहरुले घातक बीमालेख जारी गर्दा यस बीमालेख जारी गर्दा पर्याप्त मात्रामा जोखिमांकन बीमा गनुपर्ने प्राधिकरणले जनाएको छ । यसमा उपदफा १ बमोजिम जोखिमांकन गर्दा विगतको बीमितको स्वास्थ्य रिर्पोट, वतर्मान स्वास्थ्य अवस्था, जीवन शैली लगायत बिषयलाई आधार मानेर गनुपर्ने प्रावधान यस बीमायोजनामा रहेको छ ।

जीवन बीमा कम्पनीहरुले घातक रोग पूरक करारको बीमांक रकम अधिकतम एक करोड रुपैयाँसम्म कायम गर्न पाउनेछन् भन्ने उल्लेख गरिएको छ । जसमा प्रत्यक पूरक करारको अधिकतम बीमांक रकम बीमालेखको बीमांक रकम भन्दा बढी नहुने गरी कायम गनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, बीमाशुल्क रकम बीमाङ्कीले तयार गरेको टिप्पण्ीमा उल्लेख भएबमोजिम हुने व्यवस्था रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal