Skip to content
Prabhu

चालु आर्थिक वर्षको ११ महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय ३६ अर्ब ३२ करोड, शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा निर्जीव बीमा कम्पनीलेहरुको व्यवसाय सामान्य बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिनाको अवधिसम्ममा गत वर्षको भन्दा ०.३६ प्रतिशतले निर्जीवन बीमा कम्पनीको व्यवसाय बढेको हो ।

प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनी मध्ये १० वटा कम्पनीको व्यवसाय वृद्धि भएको छ भने ४ वटाको व्यवसायमा गिरावट आएको छ । १४ वटा निर्जीवन बीमा कम्पनीहरुले ११ महिनाको अवधिमा ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । यो अवधिमा निर्जीवन बीमा कम्पनीलेहरुले २६ लाख ८ हजार ७ सय ९२ वटा बीमालेख जारी गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँको व्यवसाय गरेका थिए ।

प्राधिकरणका अनुसार जेठ महिनामा सबैभन्दा धेरै बीमा व्यवसाय गर्न सफल कम्पनी शिखर इन्स्योरेन्स कम्पनी हो । यो कम्पनीले जेठ महिनासम्मको अवधिमा ४ अर्ब ८९ करोड ६६ लाख बराबरको व्यवसाय गरेको छ । यो कम्पनीले २ लाख ८५ हजार ७ सय ३२ वटा बीमा लेख जारी गरेर सो बराबरको कारोबार गरेको हो ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा धेरै व्यवसाय गर्ने कम्पनीको दोस्रो नम्बर मा सगरमा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले जेठ मसान्तसम्म २ लख ६२ हजार ६५४ बीमालेख बिक्रीबाट ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

धेरै व्यवसाय गर्ने कम्पनीको तेस्रो नम्बरमा सिद्धार्थ प्रिमियम कम्पनी रहेको छ । यो कम्पनीले जेठ मसान्तसम्म ३ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । यो कम्पनीले यो अवधिमा २ लाख ७५ हजार ६०७ वटा बीमा लेख जारी गरेको छ ।

यो अवधिमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यवसाय १ अबै ४० करोड २२ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीले १ लाख ८५ हजार ९६४ वटा बीमालेख जारी गरेको छ । त्यस्तै यो अवधिमा ओरियन्टल इन्स्योरेन्स कम्पनीको व्यवसाय १ अर्ब ७५ करोड ५१ लाख रुपैयाँ रहेको छ । यो कम्पनीले ३७ हजार ३०७ वटा बीमा खेल जारी गरेको छ । यो अवधिमा राष्ट्रिय बीमा कम्पनीले २ लाख ५ हजार ३४२ बीमालेख जारी गरेर १ अर्ब ५३ करोड १४ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० हजार ५१२ बीमालेख बिक्रीबाट १ अर्ब १ करोड ९५ लाख रुपैयाँको व्यवसाय गरेको छ त्यस्तै नेको इन्स्योरेन्सले २ लाख ७५ हजार ५६५ बीमालेख बिक्रीबाट २ अर्ब ८८ करोड ३७ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले ११ महिनाको अधिमा १ लाख १२ हजार ८७६ बीमालेख बिक्रीबाट १ अर्ब ५६ करोड ४७ लाख, एनएलजी इन्स्योरेन्सले १ लाख ७३ हजार ६१४ बीमालेख जारी गरेर २ अर्ब २३ करोड ९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ लाख २९ हजार ६४० बीमालेख जारी गरेर ३ अर्ब २३ करोड ५७ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

त्यस्तै सानिमा इन्स्योरेन्स कम्पनीले जेठ महिनामा १ लाख ३५ हजार २७१ बीमा लेख जारी गर्दै २ अर्ब २१ करोड ६८ लाख रुपैयाँको बीमा शूल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्यििल इन्सोरेन्स कम्पनीले ११ महिनाको अवधिमा ३ अर्ब २१ कारेड ३३ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा कम्पनीले २ लाख १४ हजार २९१ वटा बीमालेख जारी गरेको छ । त्यस्तै युनाइटेड इन्स्योरेन्सले १ लाख ८४ हजार ४१७ बीमालेख जारी गर्दै २ अर्ब ३८ करोड ७० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal