Skip to content
Prabhu

सर्वोच्चद्वारा गण्डकीका सांसद फणीन्द्र देवकोटालाई पदमुक्त नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्चले गण्डकीका सांसद फणीन्द्र देवकोटालाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।

देवकोटा गोरखाबाट माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले उनलाई कारबाही सिफारिस गरेको थियो । देवकोटाले आफूमाथि गरिएको कारबाही बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal