Skip to content
Prabhu

ऋण लिएर बनाएका विमानस्थल र भ्युटावरले प्रतिफल दिएनः विश्व पौडेल

nabil

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलले सरकारको लगानीले प्रतिफल दिन नसकेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको प्रिमनीटरी पोलिसी डिस्कसन कार्यक्रममा उनले राजस्व निरन्तर घटिरहेको भन्दै आर्थिक संकुचनको अवस्था छ ।

उनले विमानस्थल र भ्युटारहरु बनेको भएपनि त्यसको बेनिफिट नआएको बताए ।सरकारले लोन लिएको आयोजनाबाट नाफा गर्न नसकेको विश्लेषण पौडेलको छ ।

मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन सक्नु पर्ने उनको सुझाब थियो । आर्थिक चलायमान बनाउन नयाँ क्षेत्रको खोजी गर्नु पर्ने उनले बताए । “अहिले तत्काल पैसा चाहिएमा घरजग्गाको कित्ताकाट खोल्दा हुन्छ”उनले भने ।

पछिल्लो समय गभर्नरलाई अर्थतन्त्र चलाएको जस्तो देखिएको उनको भनाई छ । मौद्रिक नीतिले सधै उत्पादन मुलक क्षेत्रलाई महत्व दिने बताएको हुन्छ । तर कार्यान्वयनमा भने नतिजा आउन नसकेको उनले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal