Skip to content
Prabhu

सानिमा बैंक र क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सम्झौता

 

काठमाडौं । सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुविधा प्रदान गर्ने सम्बन्धमा बैंक र क्लियरिङ हाउसबीच सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यस सहकार्यबाट दुवै देशका नागरिकहरूलाई एनसीएचएल नेटवर्क मार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा प्रदान हुने उद्देश्य रहेको छ ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १ सय ३३ कार्यालय तथा १ सय २४ वटा एटिएम सञ्जाल छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal