Skip to content
Prabhu

निजी क्षेत्र चलायमान बनाउने नीति आवश्यक छः बैकर्स संघ अध्यक्ष केसी

काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक र फिस्कल पोलिसिमा निरन्तर छलफलमा रहेको बताएका छन्। सेजनले आयोजना गरेको मौद्रिक नीतिको प्रि डिस्कसन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अहिले केही बैंक बाहेकको नाफा नकारात्मक रहेको उनको भनाइ छ । निजी क्षेत्रलाई सहज बनाउनतर्फ लाग्नुपर्ने उनले बताए । निजी क्षेत्र चलायमान भए अहिलेको अवस्था सुधार हुन्छ ।
निर्माण क्षेत्र सबैभन्दा कमजोर रहेकाले त्यसमा सुधार गर्नुपर्ने उनले बताए । निजी क्षेत्रको मनोबल बढाउनुपर्छ ।
सहकारीको समस्यालाई पनि सुधार गर्नुपर्ने उनको भनाइ छ ।सबैभन्दा अन्साशित क्षेत्र बैंक नै रहेको उनको दाबी छ । यो क्षेत्रलाई कमजोर भएमा सबै क्षेत्रमा गारो हुने उनले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal