Skip to content
Prabhu

सिटिजन्स बैंकका ग्राहकलाई शीतल चौतारी होटलमा १४ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नयाँ बानेश्वर, काठमाडौंस्थित शीतल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रोबीच विशेष छुट समझदारी भएको पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले शीतल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रोमा १४ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १ सय ९२ वटा शाखा, १ सय ५५ वटा एटिएम छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal