Skip to content

प्रभु बैंक ग्राहकवर्गहरुलाई मुस्ताङका होटल तथा रेष्टुरेन्टमा १० प्रतिशत छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा विभिन्न ११ होटलका सञ्चालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख÷शाखा प्रमुख नरेन्द्र थकालीसहित विभिन्न शाखाका शाखा प्रमुखहरुद्वारा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त सम्झौताबमोजिम ग्राहक वर्ग तथा प्रभु बैंकका कर्मचारीहरुका लागि आवास तथा खानामा १० प्रतिशतसम्मका छुटहरु प्राप्त गर्न सकिने जनाइएको छ । होटल दि पुराङ मुक्तिनाथ, युरिका इन मुक्तिनाथ, होटल ग्रान्ड सम्बाला, मुक्तिनाथ होटल सनराइज, जोमसोम एयरपोर्ट, होटल मण्डला, लोमान्थाङ, होटल त्रिवाटिका, लोमान्थाङ, इको हिल रिसोर्ट, टुकुचे, हलिडे क्याम्प, होटल ताङ्स्रा कोवाङ, लुम्बिनी एण्ड रेष्टुरेन्ट, त्साराङ, सी यु लज, र रेस्टुरेन्ट लेटे र मार्फा अर्चर्ड होटे मार्फा होटलसँग आवास तथा खानामा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय ७ शाखा कार्यालय, २ सय ८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T