Skip to content
Prabhu

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १९ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ७ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १९ लाख ४४ हजार ७ सय ४७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी आफूले खरिद गर्ने कित्ता संख्या खुलाई बैंकको सेयर शाखा काठमाडौं लाजिम्पाटमा आवेदन पेस गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal