Skip to content
Prabhu

पहिरो खस्दा कर्णाली राजमार्गअन्तर्गत दैलेख–कालीकोट खण्ड अवरुद्ध

काठमाकाडौं । वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । दैलेख र कालीकोटको सीमानामा पर्ने दहीखोला, कालीखोला लगायतका ठाउँमा पहिरो खसेको र सो खण्डको सडक अवरुद्ध भएको हो ।

लगातारको वर्षाले अहिले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । यस्तै दैलेखको पादुका र साँगेदडाको बीचमा पर्ने सडक खण्डमा पनि पहिरो खसेको छ । पहिरोका कारण रातिदेखि नै दैलेख–कालीकोट सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला र कालीकोटका लागि छुटेका यात्रु अलपत्र परेका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal