Skip to content
Prabhu

नयाँ सरकार बनाउने तयारीः प्रधानमन्त्रीले कांग्रेसबाट बनेका मन्त्रीको मागेका छैनन् राजीनामा

 

काठमाडौं । वर्तमान सत्ता समीकरणमा फेरवदल आउने निर्णय भएपछि नयाँ समीकरणसहितको सरकार बनाउने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । 

एमाले नेता सुरेन्द्र पाण्डेको दाबीअनुसार आजै सानो आकारको मन्त्रिपरिषद् बन्ने छ । एमाले, माओवादी, रास्वपा, जसपा मिलेर नयाँ सरकार बन्ने भनिए पनि अझै पुराना मन्त्रीको राजीनामा मागिएकै छैन । 

कांग्रेसबाट मन्त्री बनेका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले हालसम्म राजीनामा माग नभएको बताए । “राजीनामा प्रधानमन्त्रीले माग्ने होला । हालसम्म केही खबर आएको छैन,” आचार्यले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal