Skip to content
Prabhu

कति तोक्यो राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ १२ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ३४ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ १० पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ०० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ १८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६२ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ १८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६२ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ २९ पैसा र बिक्रीदर ८ रुपैयाँ ३२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३ रुपैयाँ ६४ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२ रुपैयाँ ५९ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७ रुपैयाँ १२ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ४३५ रुपैयाँ ८५ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७० पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal