Skip to content

नेपालमै पहिलोपटक २२ सिटे विद्युतीय लक्जरी बसको बुकिङ खुला, मूल्य कति ?

nabil bank

काठमाडौं । शशिला मोटर्स प्राइभेट लिमिटेडले भान्चे ब्रान्डाको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउन लागेको छ ।

एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ । क्याटल १ सय २३ किलोवाटको लिथिएम आइरन फोस्फेट ब्याट्री जडान हुने यो बसमा पूर्णरूपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

यो बसको लम्बाइ २५ फिट हुनेछ । फराकिलो सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा सञ्चालन गर्न यो बस यात्रु मैत्री हुने शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए । १ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलोपटक ल्याउन लागिएको खतिवडाको दाबी छ ।

उनले बस आइपुग्नुभन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको व्यवस्था मिलाइने र बस सञ्चालकलाई बिना झन्झट सेवा दिने पनि बताए ।

दसैंलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ । बसको मूल्य निर्धारण हुन बाँकी नै रहे पनि अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि यसको मूल्य केही मूल्य बढ्न सक्ने बताइएको छ ।

विगत १० वर्षदेखि व्यवसायिक गाडीहरु बिक्री वितरण गर्दै आएको शशिला मोटर्स प्रालिले पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब नेपालको लागि भान्चे ब्रान्डका सबै बस तथा भ्यानहरुको पनि आधिकारिक बिक्रेता बनेको छ । भान्चे स्प्रिन्टर डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime