Skip to content
Prabhu

बीमा कम्पनीले अनिवार्य भुक्तानीसम्बन्धी विभाग गठन गर्नुपर्ने

काठमाडौं । बीमा कम्पनीलेहरुले अबदेखि अनिवार्य रुपमा भुक्तानीसम्बन्धी विभाग गठन गर्नु पर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गर्दै बीमा कम्पनीका लागि यस्तो व्यवस्था गरेको हो ।

प्राधिकरणले जारी गरेको मागैदर्शनमा बीमा कम्पनीहरुले बीमा दाबी विभाग गठन गनुपर्ने व्यवस्था गरिएको छ । जसका लागि बीमा कम्पनीहरुले विभागमा विभागीय प्रमुखसहित आवश्यक संख्यामा कर्मचारी नियुक्त गनुपर्ने हुन्छ ।

बीमा कम्पनीले दाबी भुक्तानीसम्बन्धी काम कारबाहीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न संचालक समितिबाट दाबी भुक्तानी उपसमिति गठन गर्नुपर्ने व्यवस्था मागर्दशनमा गरिएको हो । बीमा कम्पनीहरुले दाबी भुक्तानीसम्बन्धी अधिकार आवश्यकताअनुसार प्रादेशिक, शाखा तथा उपशाखा कार्यालयहरुलाई प्रत्यायोजन गर्नुपर्ने प्राधिकरणको मार्गदर्शनमा उल्लेख गरिएको छ । प्राधिकरणले यो व्यवस्थामा बीमा कम्पनीहरुलाई दाबीको प्रकृयामा केही हेरफेरसमेत गरेको छ ।

यस मार्गदर्शनको परिक्षद ४ दफा ७ मा निर्जिवन बीमा दाबीका लागि जाँचबुजको व्यवस्था समेत गरिएको छ । मार्गदर्शनले परिपक्व भएको बीमालेखको दाबी भुक्तानी निवेदन दर्ता भएको ७ दिनभित्र गर्नुपर्ने उल्लेख गरेको छ ।

प्राधिकरणको यो व्यववस्था अनुसार बीमा कम्पनीहरुले बीमालेख परिपक्व भएको मितिले १५ दिनभित्र भुक्तानी लिन आउने सूचनासहित सूचना प्रकाशन गनुपर्नेछ ।

प्राधिकरणले बीमा ऐन २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरेर बीमा दाबी भुक्तानी मागदर्शन जारी गरेको जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal