Skip to content
Prabhu

एमाले र कांग्रेसबीच सरकार बनाउने सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने

काठमाडौं । माओवादी नेतृत्वको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई हटाएर एमाले अध्यक्ष केपी नेतृत्वमा सरकार बनाउने सहमति कांग्रेस र एमालेबीच भएको छ ।

प्रतिनिधिसभाको पहिलो दल कांग्रेस र दोस्रो दल एमालेबीच आलोपालो सरकार बनाउने र संविधान संसोधन गर्ने विषयमा सहमति भएको छ । सरकारको नेतृत्व पहिला एमाले अध्यक्ष अध्यक्ष ओलीले गर्नेछन् भने त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् । ३२ सिटको माओवादीले कांग्रेस र एमालेलाई बारम्बार धोका दिएपछि कांग्रेस र एमालेले संविधान संसोधन गर्ने गरेर सरकार बनाउने सहमति गरेका हुन् ।

२०८४ सालको निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिक व्यवस्था हटाएर त्यो अनुसारको संख्यालाई राष्ट्रियसभामा समाहित गर्ने र त्यस्तै प्रदेशमा समेत समानुपातिक व्यवस्था हटाउने सहमति भएको छ । उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने लगायतका संविधान संसोधनका विषयमा सहमति भएका छन् । संविधान संसोधनको लागि पूर्वप्रधानन्यायधीशको संयोजकत्वमा समिति गठन हुने छ ।

कांग्रेस र एमालेबीच सहमति भएपछि आजै एमालेबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिनेछन्। त्यसपछि प्रचण्ड सरकार अल्पमतमा पर्नेछ । नियम अनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal