Skip to content
Prabhu

नयाँ गठबन्धनप्रति बालेनको कटाक्ष ‘काले काले मिलेर खाऊँ भाले !’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नयाँ गठबन्धनप्रति कटाक्ष गरेका छन् । उनले सामाजी सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘काले काले मिलेर खाउँ भाले भन्दै कटाक्ष गरेका हुन् ।

संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको पछिल्लो राजनीतिक घटनाक्रमप्रति उनले यस्तो कटाक्ष गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आपसमासँगै बसेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उनले यस्तो लेखेका हुन् ।

‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँ भाले,’ उनले लेखेका छन् । यस्तै उनले आफ्नै पोस्टमा गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्ट’लाई बेच्न दिने ‘विधेयक’ संसदबाट पास भएकोमा आश्चर्य व्यक्त गर्दै कमेन्ट पनि गरेका छन् ।

‘गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्ट’लाई बेच्न दिने ‘विधेयक’ संसदबाट पास भए छ ! नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो ! अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्ने छन् र सदन बन्द गर्ने छन्,’ उनले लेखेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal