Skip to content
Prabhu

२१ प्रतिशत लाभांश पारित गर्दै सकियो नेपाल लाइफको साधारणसभा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २३ र २४ औं वार्षिक साधारणसभा मंगलबार विरंगजमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष को लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत (कर प्रयोजन सहित) को नगद लाभांश वितरण गर्न स्वीकृत गरेको छ । आव २०७८/७९ र २०७९/८० को वार्षिक कार्य प्रगति र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित भएको छ ।

यसका साथै आव २०७९/८० को लागि लेखापरीक्षकलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीको संचालक समितिमा संस्थापक समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट ३ जना र १ जना स्वतन्त्र संचालक नियुक्ति गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal