Skip to content
Prabhu

एकीकृत सहरी विकास केन्द्र र बोटलर्स नेपालको सहकार्यमा काठमाडौंका २ विद्यालयबाट ‘बाबा परियोजना सुरु

काठमाडौं । एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाडौंको भित्री क्षेत्रकादुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजनाऔपचारिक रुपमा सुरु गरेको छ । काठमाडौं महानगरपालिका (कामनपा), सहरी योजना आयोग र विद्यालयका प्रतिनिधिहरूकोे उपस्थितिमा एक प्रारम्भिक कार्यशालाको आयोजना गरेर उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । काठमाडौं महानगरपालिकाले यस परियोजनाद्वारा यहाँका सरकारी शैक्षिक संस्थाहरुलाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ ।
परियोजनामा सहभागी विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ, पुनःप्रयोग, अपसाइक्लिङ, र फोहोरको वर्गीकरण जस्ता विविध विषयहरुको ज्ञान प्रदान गरिने छ । उनीहरुलाई वातावरणीय समस्याहरु, वातावरण संरक्षणमा हाम्रो जिम्मेवारी जस्ता ज्ञान प्रदान गर्नु नै यस परियोजनाको मुख्य उद्देश्य हो ।
कार्यशालामा एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक, नविन विकास महर्जनले बाबा परियोजनाबारे जानकारी दिऐ । परियोजनाकी संयोजक, समीक्षा भट्टराईले कार्यक्रमको उद्देश्य, कार्यविधि, गतिविधि र अपेक्षित नतिजाहरुको बारेमा चर्चा गरे ।
यो परियोजनालाई कामनपावडा नं २२ मा रहेको हिमालयमावि र कामनपावडा नं १२ मा रहेको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा पूरक कार्यक्रमका रूपमा राखिएको छ ।
सहरी योजना आयोगका शैलेन्द्र झाले भने, ‘पहिले बाबा कार्यक्रमलाई कामनपाको वातावरण व्यवस्थापन विभागको कम्युनिटी मोबिलाइजेसन युनिट अर्थात सीएमयूद्वारा परिचालन र कार्यान्वयन गरिएको थियो । बाबा कार्यक्रमलाई पुनर्जीवित र एकीकृत गर्ने उद्देश्यले एकीकृत सहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडबीच भएको सहकार्यबाट हामीनिकै खुसी छौँ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal